आजको राशिफल : माघ १७ गते, शुक्रबार



आज – १७ माघ २०७६ शुक्रवार को राशिफल, काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २७ घडी ०० पला । पञ्चक समाप्ती । स्कन्द षष्ठी। सर्वार्थसिद्धि योग अहोरात्र।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक यात्राको योगछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ , तर व्यक्तिगत खुसीका लागि खर्च हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा सावधानी अपनाउनु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । परिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्