६० प्रतिशत क्याम्पस बन्द गर्न सुझाव



काठमाडौँ: देशभर सञ्चालित ५ सय ३२ सामुदायिक क्याम्पसमध्ये झन्डै ६० प्रतिशत क्याम्पस बन्द हुने अवस्थामा रहेका छन् । तथ्यांकअनुसार झन्डै ३ सय क्याम्पस बन्द हुने अवस्थामा रहेका हुन् । ती क्याम्पसमा ५० जनाभन्दा कम विद्यार्थी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्गनिर्देशन प्रतिवेदन २०७५’ अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा त्यस्ता क्याम्पसलाई तत्काल बन्द गर्न वा मर्ज गर्न सुझाव दिएको छ ।

विश्वद्यालयले मनपरी रुपमा क्याम्पस सम्बन्धन दिएको कारण ती क्याम्पसहरुको अवस्था धराशयी बन्दै गएको संयोजक एवं विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा देवराज अर्यालले बताए । उनले भने– ‘यही अवस्थामा सम्बन्धन दिँदै गएमा अबको केही वर्षभित्र सामुदायिक क्याम्पसको अवस्था धराशयी हुनेछ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्