‘आमा’को मार्मिक गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ (भिडियो)



काठमाडौं : चलचित्र ‘आमा’को गीत सार्वजनिक गरिएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक गरिएको हो । गीत मन छुने छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा भूपेन्द्र खड्काको शब्द, सुवाष भुषालको संगीत छ ।

‘आमा’को ट्रेलरले दर्शकको मन जितिसकेको छ । ट्रेलरले पाएको प्रतिक्रियाबाट यसको निर्माणपक्ष पनि उत्साहित छ । दिपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा मिथिला शर्मालाई देख्न सकिन्छ ।

उनको साथमा नायिका सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी र विकास खनालको चलचित्रमा मुख्य भूमिका छ ।

चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्