कारभित्र यौन सम्पर्क गर्दागर्दै एक जोडीको मृत्यु



एजेन्सी : एक जोडीको कारमा यौन सम्पर्क गर्दागर्दै मृत्यु भएको छ । पश्चिम जर्मनको बोटरोपमा शहरमा ३९ वर्षे पुरुष र ४४ वर्षे महिलाको यौन सम्पर्क गर्दागर्दै कारभित्रै मृत्यु भएको हो ।

उनीहरु कारमा नग्न अवस्थामा मृत फेला परेका थिए । प्रहरीले उनीहरु यौन सम्पर्क गर्दागर्दै मरेको आशंका गरेको छ ।

बोटरोपको बन्द ग्यारेजमा फेला परेको उक्त जोडीले यौन सम्पर्कको क्रममा न्यानो पार्न कारको इन्जिन खुला गरेको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनीहरुले यौन सम्पर्क गर्दा आफूहरुलाई न्यानो पार्न कारको इन्जिन खुला राखेका थिए । न्यानो पार्न कारको इन्जिन खुला राखेकै कारण बन्द कारमा अक्सिजनको कमी हुँदा उनीहरु मरेको हुन सक्ने अधिकारीहरुको आशंका छ । ग्यारेजमा लामो समयसम्म इन्जिन खुला छाडिएको कारबारे स्थानीय अनविज्ञ थिए । पछि प्रहरीले ग्यारेजको ढोका खोलेका थिए ।

ग्यारेजका मानिस केही दिनदेखि गायब भएको खबर आएपछि नै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी घटनाको पुष्टिका लागि छिट्टै पोस्टमार्टम र मेडिकल जाँच गरिसकेपछि सत्य बाहिर आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्