कोलकातामा बरामद सुन नेपाल ल्याउन कूटनीतिक पहल



काठमाडौं : सरकारले भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ तीन नेपालीलाई अनुसन्धानका लागि नेपाल ल्याउन कूटनीतिक पहल थालेको छ । 

बरामद सुनसँगै पक्राउ परेका तीनजनालाई नेपाल ल्याउन गृह मन्त्रालयले परराष्ट्रलाई पत्र लेखिसकेको छ । कूटनीतिक च्यानलबाट आउन भारत सरकारले भनेपछि गृहले यस्तो पहल थालेको हो ।

‘कोलकातामा ३३ केजी सुनसँगै पक्राउ तीन नेपालीको सम्बन्धमा हामीले बुझ्न खोजेका हौँ । घटनाबारे थप बुझ्न प्रहरी नै त्यसतर्फ खटाउन पहल पनि भएको हो । तर, पछि भारत सरकारले कूटनीतिक च्यानलबाट आउन भन्यो । त्यसलगत्तै गृहले परराष्ट्रलाई पत्र लेखेको छ,’ गायब ३३ केजी सुन र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिका एक सदस्यले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्