विदेशमा प्रतिबन्धित औषधि नेपालमा



काठमाडौं : उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्।

खाद्य तथा औषधि व्यवस्थापन (एफडिए) अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गीकरण गरेको छ। भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन्। ‘भल्सार्टनका केही ट्याबलेट अहिले पनि हाम्रो बजारमा उपलब्ध छन्,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने। ‘यी औषधि अन्य मुलुकमा प्रतिबन्धित छन् भन्ने कुरा हामीलाई जानकारी छैन,’ उनले भने।

डिसेम्बर ३१ बाट अमेरिकाको औरोबिन्दो फार्माले ८० टलको एम्लोडिपिन भल्सार्टन, भल्सार्टन एचसिटिजेड र भल्सार्टन ट्याबलेट बजारबाट फिर्ता गरेर भण्डारण गर्ने घोषणा गरेको थियो। डिसेम्बर तेस्रो साता टिभा फर्मासिटिकलले उच्च रक्तचापका भल्सार्टन एम्लोडिपिन भल्सार्टन कम्बिनेसन ट्याबलेट र एम्लोडिपिन एचसिटिजेड ट्याबलेटलाई बजारबाट फिर्ता गर्ने घोषणा गरेको थियो।

 उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकले प्रतिबन्ध लगाएका छन् । तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन्।

कतारको जनस्वास्थ्य मन्त्रालयले सात प्रकारका औषधिमा भल्सार्टनको मात्रा देखिएपछि जुलाईदेखि बिक्री गर्न प्रतिबन्ध लगाएको छ। ती औषधि चिनियाँ कम्पनी झेन्जियाङ हुवाई फर्मासिटिकलले उत्पादन गरेर अरबियन मुलुकमा बिक्री गर्दैै आइरहेको थियो। प्रतिबन्ध लगाइएका औषधिमा स्पेनिस सिनाफा ल्याब्रोटरिजले उत्पादन गर्दैै आएका सिन्फाभल र को–सिन्फाभल, जोर्डनस् फर्मा इन्टरनेसनल कम्पनीले उत्पादन गर्दै आएका डियोस्टार र डियोस्टार प्लस पनि छन्।

यसका अतिरिक्त जोर्डनियन युनाइटेड फर्मासिटिकल्स म्यानुफ्याक्चरिङ कम्पनीले उत्पादन गरिहेको एन्जिनेट र को–एन्जिनेट तथा इन्डियन टोरेन्ट फर्मासिटिकल्सले उत्पादन गर्दै आएको भल्जार ट्याब्लेटलाई पनि प्रतिबन्ध लगाइएको छ। भल्जार औषधि औषधि व्यवस्था विभागमा दर्ता भएको देखिन्छ। यो औषधि फर्माचिम प्रालिले नेपालमा वितरण गर्दै आएको नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्