फेरि हार्याे रियल म्याड्रिड



म्याड्रिड : स्पेनिस ला लिगमा रियल म्याड्रिडको खराब प्रदर्शन जारी छ। लगातार चौथो खेलमा जितबिहीन बन्ने क्रममा रियलले शनिबार भएको खेलमा हार बेहोर्‍यो।

 

रियललाई शनिबार भएको खेलमा अलाभेसले १–० गोलले स्तब्ध बनाएकाे हो। अलाभेसको जितमा गार्सिया सान्चेजले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे। अलाभेसले रियल म्याड्रिडमाथि ८७ वर्षपछि जित हात पारेको हो। अलाभेसले रियललाई सन् १९३१ पछि पराजित गर्न सकेको थिएन।

 

जितसँगै अलाभेसले शीर्ष स्थानको बार्सिलोनासँग समान अंक जोडेको छ। शीर्ष स्थानको बार्सिलोनाको ७ खेलबाट  १४ अंक छ। १–१ खेल बढी खेलेका दोस्रो स्थानको रियल र तेस्रो स्थानको अलाभेसको पनि १४–१४ अंक छ।

प्रतिक्रिया दिनुहोस्