प्रतिरोधी क्षमता कम हुँदा यस्ता संकेत…



-लगातार बिरामी भइरहने र पटक–पटक विभिन्न संक्रमण भएमा रोगप्रतिरोधी क्षमता कमजोर भएको बुझ्नुपर्छ । त्यस्तै, लगातार खोकी लाग्ने, घाँटीमा समस्या आउने, छालामा रेसा बस्नेजस्ता समस्या पनि कमजोर प्रतिरक्षा प्रणालीका कारण हुने गर्छ । कोही मानिस मौसम परिवर्तन हुनेबित्तिकै बिरामी हुन्छन् । शरीरमा तापक्रम कम हुँदा पनि यस्तो समस्या हुन्छ । बलियो प्रतिरक्षा प्रणालीका लागि सामान्यतया ३६ दशमलव ३ डिग्री सेन्टिग्रेटभन्दा कम ओभरल बडी टेम्प्रेचर हुन आवश्यक छ ।

-मानिसलाई ज्वरो आउन आवश्यक हुन्छ । लामो समयसम्म ज्वरो नआए पनि प्रतिरक्षा प्रणाली कमजोर भएको बुझ्नुपर्छ । ज्वरोले शरीरमा रोगसँग लड्ने काम गर्छ । ज्वरो आउनेबित्तिकै हामी औषधि खाने गर्छौं । जसले गर्दा यसले सकारात्मक काम गर्न पाउँदैन । संक्रमणपछि पनि कैयौँ वर्षसम्म ज्वरो नआउनु प्रतिरक्षा प्रणाली कमजोर भएको लक्षण पनि हुन सक्छ ।

-भिटामिन ‘डी’ले इम्युनिटी बढाउने काम गर्छ । तर, धेरै मानिसमा यस्तो तत्वको कमी हुन्छ । रगत परीक्षणको रिपोर्टमा भिटामिन डीको कमी भएमा यसको मात्रालाई सन्तुलित राख्ने विधि अपनाउन जरुरी हुन्छ । यसका साथै लगातार थकाइ, आलस्य, लामो समयसम्म घाउ निको नहुने, निद्रा नपर्ने, डिप्रेसन, डार्क सर्कलजस्ता समस्या पनि रोगप्रतिरोधी क्षमता कमजोर भएको लक्षण हो ।

-नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्