जनकपुरमा वडादशैंकाे भव्य तयारी



जनकपुरधाम : जनकपुरधाममा दुर्गा पूजाको तयारी धूमधाका साथ हुँदै छ । असोज २४ गते घटस्थापनाकाे दिन दुर्गाकाे पूजा चल्ने भएकाले स्थानीय युवा क्लबहरु पूजालाई भव्यता दिन व्यस्त छन् ।

 

अन्य सालको तुलनामा यसपटक त्यति धेरै रमझम नहुने बुझाइ स्थानियहरुको छ । जनकपुमा जारी एकीकृत सहरी विकाश परियोजनाको कार्यले गर्दा अहिले जनकपुरका प्रमुख सडक र सहायक सडकहरु अस्तव्यस्त छन्।

 

जनकपुरधाम उपमहानगरपालिकाकाे याेजना अनुसार समयमै सडक र नाला निर्माण सम्पन्न नहुँदा यसपटकको वडा दशैं कस्तो हुने हाे भन्ने जिज्ञासा जनकपुरधाम बासीमा छ ।

 

राजा जनकका कुल देवी राजदेवी मन्दिरमा महावीर युवा कमिटी, बौधि देवी, अमर्खना मन्दिरको राम युवा कमिटी र जनकपुरको अन्य स्थानहरु पिराडिया माइस्थान, जानकी नगरीको भगवती मन्दिर, दक्षिणकाली मन्दिर लगायत दर्जनाैं स्थानमा रहेका शक्तिपीठ र मुर्ति बनाएर आधा दर्जन स्थानहरुमा पूजा पाठकाे तयारी सुरु भएको हो ।

 

जनकपुरधाममा सबैभन्दा बढी बोका बलि हुने स्थान राजदेवी मन्दिरलाई सजावट गर्ने कार्य महावीर युवा कमिटिले सुरु गरेको महावीर युवा कमिटिका वर्तमान रोशन शेखर जायसवाले बताए ।

 

रोशनका अनुसार यसपटक जनकपुरमा निर्माण कार्य भइरहेको कारण सजावट र बोका बलिको दिन समस्या हुने सबैमा चिन्ता छाएकाे छ  ।

 

प्रतिक्रिया दिनुहोस्