कमला बलानमा पुल माग्दै जनकपुरमा पनि अनशन



जनकपुरधाम : कमल नदीमा पुल निर्माणका लागि दबाब दिन मंगलबार जनकपुरमा रिले अनशन सुरु गरिएको छ । सिरहाका रामरिझन यादवको नेतृत्वमा माघे संक्रान्तिको दिनदेखि अनिश्चितकालीन रिले अनशन सुरु भएको हो ।

 

पहिलो दिन रामबालक यादव (सिरहा), विनयकुमार शर्मा (सिरहा), मनोज पासवान (सिरहा) र रामेश्वर यादव (सिरहा) अनशन बसेका छन् । यसअघि पुस १७ गतेदेखि सिरहामा पनि २४ घण्टे रिले अनशन जारी रहेको रामरिझनले द नेपाल टपलाई बताए ।

उनका अनुसार २०६८ जेठ ३१ गते कमला पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । त्यसको साढ़े ३ वर्षमै पुल बनिसक्नुपर्थ्याे तर आठ वर्ष बितिसक्दा पनि का सम्पन्न भएको छैन ।

 

कमलामा पुल बनाउन २८ करोड़ १५ लाखमा रुपैयाँमा पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । पुल बनेपछि जनपुरकबाट सिरहा जानलाई जम्मा २५ किलोमीटरको दूरी तय गर्नुपर्ने हुन्छ । अहिले सिरहा जान झन्डै ६० किलोमिटरको यात्रा तय गर्नुपर्ने अवस्था छ ।

 

त्यस्तै बलान पुल निर्माण भएपछि जनकपुरबाट हुलाकी सड़क हुँदै जम्मा ८० किलोमिटर दूरी तय गरेपछि राजविराज पुगिन्छ । अनशनकारीले ६ महिनाभित्र पुल निर्माण सक्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्