डा. केसीको स्वास्थ्य जटिल, आइसीयु नहुँदा उपचारमा समस्या



इलाम : सात दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अवस्था जटिल बन्दै गएकाले आइसीयुमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । इलाम अस्पतालमा आइसीयु नहुँदा उपचारमा समस्या भएको छ ।

एकजनामात्र विशेषज्ञ चिकित्सक रहेको अस्पतालमा विशेष सेवा–सुविधाको अभाव छ । अस्पतालमा एउटा आइसीयुसम्म नहुँदा उपचारका लागि जाने गम्भीर प्रकृतिका बिरामीलाई धरान तथा विराटनगर रेफर गर्नुपर्ने बाध्यता छ । अहिले आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई सोही अस्पतालमा राखिएको छ ।

उनको समर्थनका कारण अस्पताल परिसर दिनभर भरिभराउ हुने गरेको छ ।  उनको स्वास्थ्य अवस्था दिन-प्रतिदिन जटिल बन्दै गएको चिकित्सकहरुले बताइरहेका छन् । केसीले एन्टिबायोटिक औषधि लिन नमानेपछि शरीरमा संक्रमण फैलनसक्ने खतरा रहेको केसीको उपचारमा संलग्न डा. विजेन्द्रकुमार साह बताउँछन् । सरकारले केसीका माग सुनुवाई गर्नेतर्फ  चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्