कहिले, कुन सरकारसँग के सहमति भएको थियो ?



काठमाडौंः चिकित्सा शिक्षामा व्याप्त विकृतिविरुद्ध २०६९ साल असार २१ गते डाक्टर गोविन्द केसी पहिलो पटक अनशन वस्दा चिकित्सा क्षेत्रसँग सम्बन्धितसँगै आमसञ्चारमाध्यम र नागरिक समाजको व्यापक साथ सहयोग र समर्थन थियो । त्यसपछिका ६ वर्षको अवधिमा केसी १५ पटक अनसन वसिसकेका छन् । 

सरकारीतर्फबाट विभिन्न प्रतिवद्धता जनाएसँगै अनशन तोड्दै आएका केसीको १६ औं अनशन भने विगतको तुलनमा बढी विवादीत बनेको छ । र, उनको क्रेज घट्दो छ । कतिले उनलाई नेपाली चिकित्सा क्षेत्र सुधारका भगवान, निष्ठावान चिकित्सक, खास अभियन्ता भनेर देवत्वकरण गर्ने प्रयास गरिरहेका छन् भने कतिले अनसनको ठेकेदार भन्दै बिरोध गरिरहेका छन् । 

माग सही नै भए पनि आन्दोलनको प्रकृति, अभिव्यक्ति, हठी स्वभाव र चिकित्सा शिक्षा क्षेत्रबाहेकका मुद्दामा अनसन बसेका कारण उनको अनसन विवादित बनेको हो । केसीका यसअघि अनशन, तत्कालिन सरकारको नेतृत्वकर्ता र भएका सहमति यस्तो छः

अनशन श्रृङ्खला र भएका सहमति

 

पहिलो अनशन

२०६९ असार २१ देखि २४ गतेसम्म (४ दिन)

तत्कालिन प्रधानमन्त्री : डाक्टर बाबुराम भट्टराई 

सहमतिः त्रिविको हस्तक्षेपबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)लाई मुक्त गराउने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत । 

 

दोस्रो अनशन 

२०६९ साउन २७ देखि भदौ १ गतेसम्म (७ दिन)

तत्कालिन प्रधानमन्त्री : डाक्टर बाबुराम भट्टराई 

सहमतिः बरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्नेलगायत ।

 

तेस्रो अनशन 

२०७० पुस २७ देखि माघ १० गतेसम्म (१४ दिन) 

तत्कालिन मन्त्रिपरिषद्का अध्यक्षः खिलराज रेग्मी 

सहमतिः आईओएमलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन गर्ने, नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा नीति तय गर्ने र बरिष्ठताका आधारमा आईओएमको डीन नियुक्ति गर्ने ।

 

चौथो अनशन 

२०७० माघ २५ देखि फागुन ३ गतेसम्म (८ दिन) 

तत्कालिन मन्त्रिपरिषद्का अध्यक्षः खिलराज रेग्मी 

सहमति: पुराना मागमा सहमति, साथै चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र चिकित्सा शिक्षा राष्ट्रिय नीति बनाएर मात्र थप कलेजलाई सम्बन्धन दिने ।

 

पाचौँ अनशन 

२०७१ फागुन ८ देखि फागुन १९ गतेसम्म (१२ दिन) 

तत्कालिन प्रधानमन्त्री: शुशिल कोइराला 

सहमति: पुराना सम्झौता कार्यान्वयन गर्ने र नयाँ स्वास्थ्य सम्बन्धी नीति बनाउने लगायत ।

 

छैठौँ अनशन

२०७२ भदौ ७ देखि भदौ २० गतेसम्म ( १४ दिन) 

तत्कालिन प्रधानमन्त्री: शुशिल कोइराला 

सहमति: एमवीवीएसमा ३ वर्षाभित्र अधिकतम् सिट संख्या १०० कायम गर्ने, शुल्क अधिकतम् ३५ लाख रुपैयाँ कायम गर्नेलगायत ।

 

सातौैँ अनशन: 

२०७२ असोज २ देखि १२ गतेसम्म (१० दिन) 

तत्कालिन प्रधानमन्त्री: शुशिल कोइराला 

बिनासहमति अनसन तोडियो ।

 

आठौँ अनशन 

२०७३ असार २६ देखि साउन १० गतेसम्म ( १६ दिन) 

तत्कालिन प्रधानमन्त्री: केपी शर्मा ओली

सहमति:  स्वयम्भुस्थित मनमोहन अस्पताल भवन र दहचोकस्थित बेसिक साइन्स भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने लगायत ।

 

नवौँ अनशन 

२०७३ असोज १० देखि २२ गतेसम्म (१२ दिन) 

तत्कालिन प्रधानमन्त्री: पुष्पकमल दाहाल 

बिनासहमति अनसन स्थगित

 

दशौँ अनशन

२०७३ कार्तिक २८ देखि मंसिर १९ गतेसम्म (२३ दिन) 

तत्कालिन प्रधानमन्त्री: पुष्पकमल दाहाल

सहमति: पूर्वसहमति अनुसार एमवीवीएसको शुल्क लागू गर्ने, चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसदबाटै संशोधन गर्ने लगायत ।

 

एघारौँ अनशन 

२०७४ साउन ९ देखि ३१ गतेसम्म (२३ दिन) 

तत्कालिन प्रधानमन्त्री: शेरबहादुर देउवा 

सहमति: पूर्वसहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने लगायत ।

 

बाह्रौँ अनशन: 

२०७४ असोज ९ देखि ११ गतेसम्म ( ३ दिन) 

तत्कालिन प्रधानमन्त्री: शेरबहादुर देउवा

बिनासहमति अनसन स्थगित

 

तेह्रौँ अनशन

२०७४ असोज १९ देखि कात्तिक १ गतेसम्म (१४ दिन) 

तत्कालिन प्रधानमन्त्री: शेरबहादुर देउवा 

सहमति: चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्नेलगायत ।

 

चौधौँ अनशन

२०७४ पुस २४ देखि २९ गतेसम्म (१० दिन) 

तत्कालिन प्रधानमन्त्री: शेरबहादुर देउवा

बिनासहमति अनसन तोडियो

 

पन्ध्रौँ अनशन 

२०७५ असार १९ देखि साउन १० गतेसम्म (२७ दिन) 

तत्कालिन प्रधानमन्त्री: केपी शर्मा ओली 

सहमति: सबै माग पूरा गर्ने सम्झौता

 

सोह्रौँ अनशन 

२०७५ पुष २५ गते देखि जारी

प्रधानमन्त्री: केपी शर्मा ओली 

केसीको माग: १५ औँ अनसनका सम्झौता कार्यान्वयन लगायत । 

यसरी हरेक सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण समस्या झन्पछि झन् बढ्दै गएको छ । 

 

प्रतिक्रिया दिनुहोस्