आइसीसी विश्वकप लिग २ : नेपालले दियो अमेरिकालाई १९१ रनको लक्ष्य



काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । कीतिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो ।

युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआईमै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको हो ।

कुशल नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने सातौ र विनोद आठौं खेलाडी समेत बने । यसैगरी विनोदले ५९ र कुशलले ५० रन बनाए । त्यस्तै सुवास खकुरेलले व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

ओमान विरुद्ध ओपनिङ गरेका पारस खड्का अमेरिका विरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाए ।

यसैगरी आरिफ शेख २ रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस्