भाले गैँडाको आक्रमणबाट ५ महिनाको पोथी गैँडाको मृत्यु



चितवन : चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा ५ महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ ।

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो ।

मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको उनले जानकारी दिए । भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुन सक्ने उनले बताए । चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्