विद्यार्थी नेताहरु मिलेर मासु पसल संचालन 



म्याग्दी: बेनीका युवाहरुले सामुहिक लगानीमा बेनीबजारमा व्यवस्थित मासु पसल खोलेका छन् । बेनी नगरपालिका ८ गणेश टोलमा युवाहरुले  सटर भाँडामा लिएर मंगलवार देखि म्याग्दी कोरला मिट सप सञ्चालनमा ल्याएका हुन ।

अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेललको नेत्वमा चन्द्रमान छन्त्याल,सुवास विश्वकर्मा, विजय घर्ती लगायतका ७ जना युवाहरुले सामुहिक लगानीमा व्यवस्थित मिट सप खोलेका छन् । उपभोक्ताहरुलाई सफा र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्य सहित मिट सप सञ्चालनमा ल्याइएको प्रबन्धक सुवास विश्वकर्माले बताए । 

केही महिना अघि म्याग्दी कोरला पोल्ट्री सप्लायर्स खोलेका युवाहरुले यतिखेर मिट सप खोलेका हुन । अहिले सम्म करिब ३० लाख रुपियाँ भन्दा बढी लगानी गरेका युवाहरुले बेनीका अन्य तिन स्थानमा पनि निकट भविष्यमै व्यवस्थित मिट सप खोल्ने तयारी भएको पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्