फुडमान्डूको अनलाइन फुड फेस्टिभल



काठमाडाैं : नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमान्डूले अनलाइन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष सञ्चालन गरिएको अनलाइन फुड फेस्टिभलबाट उत्साहित भएर यस वर्ष पनि माघ १ देखि माघ १० सम्म फेस्टिभल सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

फुडमान्डूको अनलाइन फूड फेस्टिभलमा नेपालका ३० रेस्टुरेन्टको सहभागिता छ । यी रेस्टुरेन्टले आफ्ना विशेष परिकार विशेष छुट मूल्यमा उपलब्ध गराउनेछन् । यस उत्सव अवधिमा ग्राहकले आफ्नो मोबाइलमा फुडमान्डू एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्छन् ।

फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु. १ मा खाना पाइने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेमेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि पाउन सकिन्छ ।   यस उत्सवमा विभिन्न गेम खेलेर भौचर पनि जित्न सकिन्छ । 

यस उत्सवमा फ्री डेलिभरीको व्यवस्था रहेको छ । यस उत्सवको अवधिभर फुडमान्डूमा प्रत्येक दिन दुईपटक फ्ल्यास डिल आयोजना हुन्छ । जसमा विभिन्न खानाका परिकारसहितका मिस्ट्री बक्स छुट मूल्यमा उपलब्ध हुने फुडमान्डूले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्