चितुवाको आक्रमणबाट १४ वर्षीय बालक घाइते 



बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा चितुवाको आक्रमण परेर १४ वर्षीय बालक घाइने भएका छन् । बुधबार बिहान करिब ८ बजेतिर विद्यालय जाँदै गरेको अवस्थामा शिवनाथ गाउँपालिका-६ बसेडी ओल्याका १४ वर्षीय बालक रवीन्द्र धनाडी घाइते भएका हुन् । 

 

धनाडीलाई शिवनाथ गाउँपालिका कै शिवनाथ मन्दिर पछाडी चितुवाले आक्रमण गरेको हो । घाइते धनाडीको  केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेट मुकेश दयालले जानकारी दिए । 

 

बालक धनाडीको टाउको र घाँटीमा सामान्य चोट लागेको उनले बताए । घाइते बालक धनाडी पञ्चेश्वर गाउँपालिका-३ मा रहेको रामेश्वर माविमा कक्षा ९ मा अध्ययनरत रहेको स्थानीय प्रमीला भट्टले जानकारी दिइन् । गत पुष ११ गते शिवनाथ गाउँपालिका–६ ओखेडानीकी ४८ वर्षीया हिउँकला धनाडीलाई चितुवाले आक्रमण गर्दा घाइते भएकी थिइन ।

 

चितुवाले वि.सं. २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रशासनले धेरैपटक चितुवा मार्न तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाए पनि फेला पार्न नसकेर फर्किने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्