डा. केसीको उपचारमा विशेषज्ञ इलाममा



इलाम : आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोली इलाम आएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोली इलाम आएको हो । 

टोलीमा प्रतिष्ठानका सहायक निर्देशक विकास शाह, मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, जनरल फिजिसियन डा. अजय यादव, एनेस्थेसिस्ट डा. सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आइसियू नर्स निर्मला बस्नेत रहेको डा. केसीका सहयोगी धर्म  गौतमले बताए । 

इलाम अस्पतालमा राखिएका केसीलाई मंगलबारदेखि नै सुईबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको थियो । गत सोमबार बिहान फूलगाछीस्थित अनशनस्थलबाट केसीलाई इलाम अस्पताल लगिएको थियो । 

, उनको स्वास्थ्य अवस्था खतराउन्मुख भएको भन्दै इलाम अस्पतालका चिकित्सकले आइसियूलगायत सुविधा भएको अस्पतालमा लैजानुपर्ने सुझाब दिएका थिए । तर, केसी अन्यत्र जान नमानेपछि धरानबाट विशेषज्ञ चिकित्सकको टोली आवश्यक तयारीसाथ इलाम आएको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्