बिहेअघि नै प्रियंका र आयुष्मानले किने नयाँ घर



काठमाडौं : यतिबेला नायिका प्रियंका कार्की बिहेको तयारीमा जुटेकी छिन् । जसका कारण अहिले उनले कुनै पनि प्रोजेक्टमा काम नगरी विश्राम लिएकी छिन् ।

उनले आफ्नो प्रेमी आयुष्मानसँगको लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गर्दैछिन् । प्रियंका र आयुश्मानको बिहे फागुन १५ गते हुने बुझिएको छ तर उनीहरुले औपचारीक रुपमा मिति घोषणा भने गरेका छैनन् । श्रोतका अनुसार उनीहरुले भ्यालेनटाइट डे का दिन बिहेको मिति सार्वजनिक गर्दैछन् ।

बुधवार फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा ढिला पुगेकी उनले आफूलाई विवाहको तयारीले भ्याइनभ्याइ भएका कारण समयमा पुग्न नसकेको स्पष्ट पारिन् ।

सोही अवसरमा उनले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको समेत जानकारी दिइन् ।

‘म र आयुष्मानले मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपमा अहिले व्यस्त छु’ प्रियंकाले भनिन् ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ ।’

विवाह पछि प्रियंका आयुष्मानका साथ नयाँ घरमा सेटअप हुनेछिन् । घर कुन स्थानमा र कस्तो किनेको बारे उनले बताउन चाहिनन् ।

प्रतिक्रिया दिनुहोस्