यी हुन् प्रियंका कार्की र प्रियंका चोपडाका समानताहरु



काठमाडौं : इन्टरनेशनल आइकन बनिसकेकी बलिउड अभिनेत्री हुन् प्रियंका चोपडा । त्यस्तै नेपाली फिल्मकी पनि अति चर्चित अनि व्यस्त नायिका हुन् प्रियंका कार्की । कार्की चोपडाको फ्यान हुनुका साथै यी दुईमा धेरै कुराहरुमा समानता पनि छ । जानिराखौँ यी दुई बीचका समानताहरु

१) पहिलो समानता त भन्नै नपर्ने समानता भयो नाम एउटै ।

२) यी दुईको उचाई पनि उस्तै छ । दुबै ५ फिट ६ इन्च अग्ला छन् । नजिकबाट नियाल्दा नेपालकी प्रियंका कार्की अलिकति मात्रै अग्ली छिन् ।

३) उमेरमा पनि यी दुई समान नै छन् । दुबै जना ३० को दशकमा छन् । कार्की भन्दा चोपरा ५ वर्षले जेठी छिन् ।

४) दुबैजना सुन्दरी प्रतियोगिता जितेर अभिनय क्षेत्रमा भित्रिएका हुन् ।

५) यी दुबैजना गायनका सौखिन हुन् । दबैजना राम्रो गाउन सक्छन् ।

६) दुबैजनाका प्रेमी आफूभन्दा कान्छा छन् । प्रियंका चोपडाले बिहे गरिसकेकी छिन् भने प्रियंका कार्की यहि फगुनमा बिहे गर्ने तयारीमा छिन् ।

७) दुबैजनाका प्रेमी गायक हुन् । प्रियंका चोपडाका श्रीमान निक जोनस अमेरिकी गायक हुन् भने, प्रियंका कार्कीका प्रेमी (फियोन्से) आयुश्मान देशराज जोशी पनि गायनका शौखिन छन् ।

८) प्रियंका कार्कीले २ पटक इंगेजमेन्ट गरिन् भने प्रियंका चोपडाले पनि दुई पटक इंगेजमेन्ट पार्टी गरिन् भनेर भारतिय संचार माध्यमले जनाएका छन् ।

९) यस्तै २०१९ को क्यानमा सहभागिता जनाएकी कार्कीले चोपडाको पहिरनदेखि मेकअप कपि गरेको आरोप पनि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्