‘म यस्तो गीत गाउँछु-२’ को ट्रेलर सार्वजनिक



काठमाडौं : चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पूजा र पलको सांगीतिक यात्रा प्रस्तुत गरिएको छ ।

चलचित्रमा पल र पूजाको साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक सुर्दशन थापाले निर्देशन गरेको फिल्ममा उनीसंगै पूजाको पनि लगानी रहेको छ । सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्म फागुन ३० गतेदेखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्