साताको अन्तिम दिन नेप्से घट्यो



काठमाडौं : साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर १ हजार ३४४.५९ मा पुुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४ मा रोकिएको छ ।

स्टकका अनुसार कूल १७२ कमपनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ मा खरिद बिक्री भयो । कारोवार भएका कूल १२ मध्ये ५ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ८.९४ अंकले घट्दा होटल ३१.४३, विकास बैंक ८.६२, जलविद्युत् ३.४७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अंकले ओरालो लागेको छ । व्यापार २३.८९ अंकले बढ्दा वित्त ०.१८, निर्जीवन बीमा ५५.९२, उत्पादन ३८.६६, अन्य ०.२४, लघुवित्त २९.५४ र जीवन बीमा उपसमूहको शेयर १०२.७४ मा खरिदबिक्री भयो ।

कारोवार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर १२ करोड ४६ लाख ६४१ मा खरिदबिक्री भयो । शिवम् सिमेन्टको ९ करोड ७५ लाख ३४ हजार ३८८, एसियन लाइफ इन्स्योरेन्सको रु छ करोड ५१ लख ८२ हजार ७७६, नागरिक लगानी कोषको ५ करोड ८२ लाख ४८ हजार २७६, एनआइसी एसियाको ५ करोड एक लाख ३६ हजार ३४८ र नेपाल इस्योरेन्स कम्पनीको शेयर ४ करोड ८८ लाख ५२९ मा खरिदबिक्री भयो ।

परिसूचक घटेपनि हिमालयन डिष्टिलरीका शेयरधनीले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ८.९३, राधी विद्युत् कम्पनी ७.४८, एनएलजी इन्स्योरेन्स ६.४०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ५.६२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५२ प्रतिशतले कमाए ।

नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ५.१० प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल ४.९२, कालिका पावर कम्पनी ४.६७, ग्रीन डेभलपमेन्ट बैंक ४.१६, लक्ष्मी इक्विटी फण्ड ३.७२, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ३.४४ प्रतिशतले गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्