रोली विंकलार फागुनमा नेपाल आउने



काठमाडौं: विश्वका ख्यातिप्राप्त बडिबिल्डर रोली विंकलार फागुनमा नेपाल आउने भएका छन् । उनी विश्वकै सर्वाधिक ठूलो शरीर भएको व्यक्तिका रूपमा परिचित छन् । जसका हातको पाखुरा मात्र २४ इन्चको छ । काठमाडौंमा फागुन पहिलो साता हुने प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप प्रो क्वालिफायरमा लागि विंकलार नेपाल आउन भएको आयोजका आईएफबीबी लिग नेपालका सानु गुरुङले बताए ।

यस वर्षको आर्नोल्ड क्लासिक विजेता रोली गेस्ट पोजरका रूपमा नेपाल आउन लागेका हुन् । उनलाई ‘द विस्ट’ र ‘सामुराई’को नामले पनि चिनिन्छ । सन् २०१३ देखि लगातार मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गरेका विंकलार २०१८ मा तेस्रो भएका थिए ।

बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । नेपालमा आगामी हुने प्रो क्वालिफायरमा चार क्याटेगोरी प्रो कार्ड रहेका छन् ।

‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडी बिल्डिङ’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि प्रतिस्पर्धा हुनेछ । ४ विधाका च्याम्पियनले मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन् । प्रो क्वालिफायर ३ र ४ फागुनका दिन प्रज्ञा भवनमा हुने तीनपटकका मिस्टर नेपाल र दुईपटकको धर्मश्री च्याम्पियन सानु गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्