प्रदेश ५ को स्थायी राजधानी बुटवल माग गर्दै कांग्रेसको प्रदर्शन



बुटवल : प्रदेश ५ को स्थायी राजधानी सार्न नहुने माग राखेर नेपाली कांग्रेसले बुटवलमा प्रदर्शन गरेको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेको एक वर्ष पुगेको अवसरमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

रुपन्देही काँग्रेसको दवावमूलक कार्यक्रमसँगै आजै साँझ राजधानी ताेकिएको एक वर्ष पुगेको अवसरमा दिपावली गर्ने नेपाली कार्यक्रम रहेको काग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले बताए ।

साथै कांग्रेसले प्रदेशको नाम छिटो टुङ्ग्याउन पनि माग गरेको छ । दुई तिहाई बहुमतको सरकार भएर पनि एक वर्षसम्म राजधानी तोक्ने र नामाकरण गर्ने काम नभएको भन्दै जनस्तरबाट सरकारलाई दबाब दिन खबरदारी सभा आयोजना गरेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, नेता विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेनद्रराज कँडेल लगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्