निर्मला पन्त हत्या प्रकरण : थप ३ प्रहरी निलम्बित



काठमाडौं: प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रक्रियामा लापर्वाही गरेको भन्दै थप ३ जना प्रहरीलाई निलम्बन गरेको छ । एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानविन समितिले उनीहरुलाई निलम्बन गरेको हो ।

निलम्बित हुने प्रहरीहरुमा प्रहरी नायव निरिक्षक (सई) वासुदेव अवस्थी, प्रहरी हवल्दार धर्मसिंह भट्ट र प्रहरी जवान चाँदनी साउँद रहेका छन् ।

 

तीनैजना प्रहरीहरु निर्मला पन्त हत्याकाण्डमा प्रारम्भिक चरणको अनुसन्धान प्रक्रिया सहभागि थिए । प्रारम्भिक चरणको अनुसन्धानमा लापर्वाही भएको भन्दै उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको थियो ।

 

कञ्चनपुरमा कार्यरत एसपी डिल्लीराज विष्टसहित तीनै जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा बोलाएको थियो ।

 

एसपी विष्ट सहित केही प्रहरी अधिकृतहरु भने यसअघि नै निलम्बनमा परिसकेका छन् । निर्मला पन्तको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा उखुघारीमा शव भेटिएको थियो । सो हत्याकाण्डबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्