जन्ती बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते, तीनको अवस्था गम्भीर



फाइल तस्विर

पाल्पा : बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहीबार साझ जन्ती बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। 

 

नायरनमतलेसको बगनासबाट दाङतर्फ जाँदै गरेको ना५ख ७२३८नम्बरको बस सडकको भित्तामा ठोक्किएर साँझ ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। उनका अनुसार घाइते सबैको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्