नायिका ऋचा शर्मालाई हृदयघात



काठमाडौं :  नायिका ऋचा शर्मालाई  हृदयघात (हार्ट अट्याक) भएको छ । उनलको नर्भिक अस्पतालको आइसियूमा उपचार भईरहेको छ । बुधवार एक्कासि छातीमा समस्या देखिएपछि उनी उपचारार्थ अस्पताल भर्ना भएकी थिईन् । उनको उपचार नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले गरिरहेका छन् ।

पछिल्लो समय चुजी नायिकाको रुपमा चिनिने ऋचा शर्मा फिल्म निर्माणमा समेत सक्रिय छिन् । धनगढीकी चेली ऋचा फिल्ममा आउनु अघि सन २००७ मा मिस नेपालमा पनि सहभागी थिइन् ।

सन २०१०मा बनेको कथानक चलचित्र ‘फष्टलभ’वाट फिल्ममा डेब्यु गरेकी थिईन् । पहिलो फिल्म ब्यवसायिक रुपमा सफल भएको थियो । त्यसपछि मेरो लभस्टोरी, हाईवे, लुट, भिजा गर्ल, टलकजंग भर्सेज टुल्के, जिन्दगी रक्समा उनले अभिनय गरेकीछिन् ।

बाटोमुनीको फूल–२, को आफ्नो, सुनकेशरी, कोहलपुर एक्सप्रेसलगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको मध्ये ‘लुट’ सर्वाधिक चर्चा मात्रै पाएन, नेपाली फिल्ममा नयाँ ट्रेननै स्थापित गरिदियो । अर्को चलचित्र हाईवेले अन्तराष्ट्रिय चर्चा पायो ।

लुटको निर्देशन निश्चल बस्नेतले गरेका थिए भने, हाइवेमा दिपक रौनियारको निर्देशन थियो । ३१ वर्षीया यि नायिका अविवाहित हुन् । उनको आफ्नै लगानी रहेको सुनकेशरी ब्यवसायिक रुपमा असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्