कोरोनाभाइरस पीडितको डरलाग्दो अनुभव, ‘लाग्यो नर्कमा पुगेँ’



एजेन्सी : चीनको वुहान शहरबाट जन्मिएको कोरोना भाइरसले अहिलेसम्म एक हजार ५०० भन्दा बढी मानिसलाई मृत्युको शैयामा उतारिदिएको छ । पुरै दुनियाँमा करिब ६८,००० मानिस ज्यानै लिने यो भाइरसबाट संक्रमित छन् । कोरोना भाइरसको कैदबाट उम्किएका एक २१ वर्षीय छात्र टाइगर ये ले आफ्नो पिडा सार्वजनिक गर्दै भने की कसरी उनको जिन्दगी नर्क भएको थियो ।

उनका उनुसार यस भाइरसको सम्पर्कमा आएदेखि उपचारसम्मको समय कुनै भयानक सपना भन्दा कम थिएन् । २१ जनवरीमा जब उनको अचानक स्वास्थ्य बिग्रियो उनले सबैभन्दा पहिला शरीरको तापमान जाँच गरे, उनलाई ज्वरो आएको थियो ।

हालत बिग्रिएपछि जब रातिको समय वुहानको एक प्रतिष्ठित टान्गी अस्पताल पुगे उनले देखे त्यहाँ पहिलेदेखि नै वोएटिंग रुममा धेरै बिरामीहरु कुरिरहेका थिए । उनलाई लाग्यो उनले पनि यहाँ घन्टौं कुर्नुपर्नेछ ।

अस्पतालका डाक्टरले उनमा कोरोना भाइरसको लक्षण देखिएन भनेर घर पठाइदिए । यसपछि उनी नजिकैको अस्पतालबाट औषधी लिएर घर गए ।

धेरै दिनको बेचैनी र डिप्रेशन झेलेपछि टाइगरलाई आफ्नो शरीरको जाँच गराउनु मै भलो हुने लाग्यो । उनी धेरै नै लक्की मानिस थिए जसका बाबु एक हेल्थ केयर वर्कर थिए जो वुहानमा फैलिएको यस ज्यान नै लिने भाइरस प्रति मानिसहरुलाई जागरुक गराउने काम गरिरहेका थिए ।

टाइगरका अनुसार, पहिलो ४ दिनमै उनको हालत धेरै नै गम्भिर भएको थियो । बढ्दो ज्वरोसँगै उनको शरीरमा दुखाई पनि बढ्दै गइरहेको थियो । उनको स्वास्थ्य धेरै नै बिग्रिसकेको थियो । खोक्दा उनलाई लाग्थ्यो कि उनको प्राण नै निक्लदै छ ।

भारतीय संचार माध्यम आज तकका अनुसार, जब उनी दोस्रो पल्ट अस्पताल गए सिटी स्क्यानबाट डाक्टरहरुलाई अन्दाज भयो की कोरोना भाइरस उनको फोक्सोसम्म पुगिसकेको छ । भाइरसको स्पष्ट जाँचका लागि टाइगरलाई न्यूक्लिक एसिड टेस्ट झेल्नु थियो ।

न्यूक्लिक एसिड टेस्टबाट नै शरीरमा कोरोना भाइरस भए नभएको पुष्टि गरिन्छ । तर यो टेस्ट निकै नै महंगो हुने कारणले डाक्टरहरुले टाइगरको केसलाई गम्भीरतापूवर्क नलिएर उनलाई फेरि घर फर्काइदिए ।

टाइगर जब घर फर्किए उनले देखे उनको हजुरआमा र भाईमा पनि लगभग उस्तै लक्षण थियो । उनले भने, ‘मलाई लाग्यो अब मृत्यु धेरै नै नजिक आइरहेको छ । मलाई लागिरहेको थियो मैले नर्कको ढोका खटखटाइरहेको छु ।’

टाइगरले अगाडि भने, ‘म फेरि अस्पताल गँए र ज्वोरो जाँच गराएँ । ज्वरो १०२ डिग्री भन्दा माथि थियो । त्यतिबेला नै डाक्टरले मलाई आईवी ट्रीटमेन्ट दिए र साथमा कलेट्रा नामको एक कम्बिनेशन ड्रग दिए जुन एचआईभीबाट पिडितहरुलाई दिइन्छ । दिन ढल्किदैँ गर्दा ज्वरो कम हुँदै गयो ।’

सही उपचार पाउँदा टाइगरको स्थितीमा चाँडै नै सुधार आउन लाग्यो । उनलाई ५ दिनसम्म एन्टी भाइरस ड्रग एलुभाइयामा राखियो र उनलाई घर पठाइयो किनकी अस्पतालमा बेड खाली थिएन ।

९ दिनपछि ७ फेब्रअरीमा उनको एक अर्को न्यूक्लिक एसिड टेस्ट गराइयो । जसमा उनको रिर्पोट नेगेटिभ आयो । अर्थात टाइगरलाई अब भाइरसको खतरा थिएन । स्थानीय अधिकारीले आरामका लागि टाइगरलाई एक होटेलमा बसाए र त्यहाँ उनको सुरक्षाका लागि एक सेक्यूरिटी गार्ड पनि राखे किनकी पुरै ठिक नहुँदासम्म उनी कसैसँग भेटघाट नगरुन् ।

प्रतिक्रिया दिनुहोस्