निर्भया बलात्कार काण्डः दोषी चारै जनालाई मार्च ३ मा फाँसी दिइने



एजेन्सी : भारतमा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाका दोषी चारै जनालाई मृत्युदण्डको सजाय दिइने भएको छ ।

दोषी ४ चारै जनालाई यही मार्च ३ तारिखको बिहान ६ बजे फाँसी दिइने भएको हो । पटियाला हाउस अदालतले फाँसीको सजाय दिने आदेश दिएको हो । तेस्रो पटक तल्लो अदालतले मृत्युदण्डको सजाय जारी गरेको हो ।

गत जनवरी १७ तारिखमा पटियाला हाउस कोर्टले नयाँ फाँसीको सजाय जारी गरेको थियो । यस अन्तर्गत निर्भयाका चार दोषी पवन गुप्ता, विनय शर्मा, मुकेश र अक्षय सिंहलाई फेव्रअरी १ मा बिहान ६ बजे फाँसी दिने भनिएपनि जनवरी ७ का दिन अदालतले चारै दोषीलाई २२ जनवरीमा फाँसी दिने आदेश दिएको थियो ।

सन् २०१२ को डिसेम्बर १६ मा दक्षिण दिल्लीमा चलिरहेको बसमा मेडिकल छात्रा निर्भयामाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारपछि उनको रडहरुको प्रहारबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्