यी हुन् गेडागुडीका फाइदा



काठमाडाैं:

– गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यसलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । गेडागुडीलाई टुसा उमारेर खाए झन् राम्रो हुन्छ ।

– गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन हुन्छ, मासुमा भन्दा पनि बढी । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । यद्यपि, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । 

– गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा बढेर जान्छ । त्यति मात्र नभएर मिनरल, भिटामिन पनि बढ्ने गर्छ ।

– नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका एन्टिन्युट्रिसन तत्वलाई यसले सोस्न दिँदैन । भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्