गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं : चर्चित पप गायक दिपक बज्राचार्यले आफ्नो नयाँ गीत ‘राति’ सार्वजनिक गरेका छन् ।

गायक दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेलस्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो ।

यस गीतको भिडियोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु । हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाव पनि झल्काइएको छु ।

सुन्दर र लोभ लालचको सैतानलाई हाम्रो आफ्नो कला संस्कृतीको ‘लाखे’ तथा ‘झाक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथालाइ नै ‘राती’ को भिडियोमा देखाइएको गायक बज्राचार्यले बताए ।

भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिंग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्