टिप्परको ठक्करबाट एक जनाको मृत्यु



भैरहवा : भैरहवा लुम्बिनी सडकखण्डमा लु.१ ख ३३१४ नम्बरको टिप्परले ठक्कर दिँदा मायादेवी गाउँपालिका वडा नम्बर ४ बनकसिया निवासी ६० बर्षिय रमेश लोधको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीका अनुसार टिप्परको ठक्करबाट लोधको ज्यान गएको हो ।

मृतकको शरीरलाई पोष्टमार्टमका लागि रुपन्देहीको जिल्ला अस्पताल भिम अस्पतालमा लगिएको छ । मृतक लोध लु २ प १८७९ नम्बरको भैरहवा लुम्बिनी सडक खडकखण्डमा मोटरसाईकल चलाएर घर तर्फ जादैं गरेका थिए ।

ठक्कर दिने टिप्परका चालक बर्ष ३४ को जोखन प्रसादलाई प्रहरीले पक्राऊ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्