सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल भोलि



कैलाली : तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । 

शनिबार धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । 

उपविजेता टोलीले १० लाख रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्