रणवीरसँग विवाहको बारेमा आलियाले गरिन् यस्तो खुलासा



एजेन्सी : अभिनेत्री आलिया भट्ट र रणवीर कपूर प्रेमसम्बन्धमा रहेको कुरा सार्वजनिक भएपछि विवाहको विषयलाई लिएर आलियाले मुख खोलेकी छिन् ।

पछिल्ला केही दिनहरुमा दुवैको विवाह डिसेम्बरमा हुने चर्चा चलिरहेको थियो । यसै सन्दर्भमा आलियाले वास्तविकता खुलाएकी छिन् ।

उनले हालै एक अन्तर्वार्तामा भनेकी छिन्, ‘ के के अफवाह फैलिन्छ त्यसको बारेमा मलाई थाहा छैन । हरेक हप्ता कुनै न कुनै मिति बाहिरिन्छ । यस्ता हल्लाप्रति मलाई हाँसो लाग्छ ।’

यतिबेला ‘ब्रम्हास्त्र’ फिल्मको शुटिङमा व्यस्त रहेकी आलियाले यो फिल्ममा रणवीरसँग स्क्रीन सेयर गर्न लागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्