ट्रकको ठक्करबाट एक जनाको मृत्यु



वीरगन्ज : वीरगन्ज ड्राइपोर्ट–परवानिपुर सडकखण्डमा सवारी दुर्घटना परी पटके सवारी कर असुल्ने एकजना कर्मचारीको ज्यान गएको छ ।

ड्राइपोर्ट परवानीपुर सडकखण्डस्थित वडा नम्बर २१ जगरनाथपुर चौक नजिकै बिहिबार बेलुका मधु आयल अगाडि ट्रकले ठक्कर दिदा वीरगन्ज १७ अलौका अनिल यादवको घटनास्थलमा ज्यान गएको हो ।

यादव वीरगन्ज महानगरपालिकाको पटके सवारी करको ठेक्काको जिम्मा लिएको ठेकेदार कम्पनी परवानीपुरका एच. एन्ड. जे. ट्रेडर्सका कर्मचारी हुन् ।

कर असुलने ढाट अगाडि परवानिपुरतर्फ तीब्रगतिमा गइ रहेको ना ८ ख १५१२ नम्बरको ट्रकले ठक्कर दिदा यादव शव क्षेतविच्छेद भएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरिएको ट्राफिक प्रहरी कार्यालय वीरगन्जका प्रहरी निरीक्षक कमलराज पन्डितले बताए ।

दुर्घटनामा ज्यान गुमाएका यादवको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा लगिएको प्रहरी निरीक्षक पन्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्