महिला विश्वकप : अष्ट्रेलियालाई पराजित गर्दै भारतको विजयी सुरुवात



काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

सिड्नीमा आज भएको उद्घाटन खेलमा घरेलु टिम अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । भारतले दिएको १ सय ३३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनायो।

Image may contain: 3 people, outdoor

विश्वकप अन्तर्गत भोली २ खेल हुनेछन् । पहिलो खेलमा थाइल्याण्डले वेष्ट इण्डिजको सामना गर्ने छ भने दोस्रो खेलमा न्युजिल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्