महिला टी–२० उपाधिका लागि नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं : नेपालले महिला ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्यान्डबीचको खेल केहीबेरमा सुरु हुनेछ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने मौका छ।

नेपाल १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको हो। नेपाल पछिल्लो पटक सन् २००७ मा मलेसियामा भएको एसिसि महिला क्रिकेटको फाइनलमा पुगेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सहभागितामै फाइनल पुगेको नेपाल त्यतिखेर बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

नेपाल र थाइल्यान्डले पाँचै खेलमा अपराजित रहँदै उपाधि यात्रा तय गरेका हुन्।  छैटौं खेल जित्ने टोली शनिबार च्याम्पियन बन्नेछ। थाइल्यान्डको एसियन एन्सिच्युट अफ टेक्नोलोजिको क्रिकेट मैदानमा शुक्रबारको पहिलो सेमिफाइनलमा इन्डोनेसियामाथि ९२ रनको रबाफिलो जित निकाल्दै नेपालले उपाधि यात्रा तय गरेको थियो।

शुक्रबारै तेर्थई क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा थाइल्यान्डले पनि पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई)माथि ४९ रनको फराकिलो जित निकाल्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्