‘नेपालको सडकमा एक खर्ब लगानी आवश्यक’



काठमाडौँ : सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ । स्विडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी प्रतिवेदनले नेपालका सडक सुरक्षित बनाउन अबको एक दशकमा ९६ अर्ब ६९ अर्ब ८७ करोड ९० लाख डलर खर्चिनु पर्ने औँल्याएको हो । असुरक्षित सडक र यसले निम्त्याउने गरेका गम्भीर दुर्घटनाको समाधान खोज्न यस्तो लगानी जरुरी देखिएको विश्व बैङ्कले जनाएकोे छ ।
प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालका सडक व्यवस्थित तथा दिगो बनाउने एवं सडक सुरक्षा कार्यक्रममा पर्याप्त लगानी गर्न कञ्जुस्याइँ भइरहेको आँैल्याइएको छ ।

नेपालमा सडक दुर्घटनाका कारण ज्यान गुमाउने तथा घाइते हुने क्रम बढ्दो रहेको छ ।
पछिल्ला वर्ष दक्षिण एसियामा उच्च आर्थिक वृद्धिसँगै सवारीसाधनको सङ्ख्यामा तीव्र वृद्धिले सडक दुर्घटनाकै कारण ज्यान गुमाउने क्रम बढेको छ, बैङ्कका उपाध्यक्ष हार्टविङ स्याफरले भन्नुभएको छ, यस्तो क्षति अस्वीकार्य छ र रोक्न पनि सकिन्छ । दक्षिण एसियाली मुलुकहरूले आफ्ना जनताको सुरक्षा र समृद्धितर्पmको यात्रालाई अपरिहार्य मानेको विश्लेषण गर्नुहुँदै उपाध्यक्ष स्याफरले विश्व बैङ्क यस्ता कार्यमा सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

प्रतिवेदनमा सडक सुरक्षा र सुरक्षित सवारीसाधन सञ्चालनका लागि दक्षिण एसियाली एकीकृत पहलसमेत आवश्यक रहेकोमा जोड दिइएको छ । जनवार, पैदलयात्री, साइकल, रिक्सा र मोटरसाइकल चालकदेखि ठूला बस ट्रकजस्ता सवारीसाधन सुरक्षित रहनुपर्ने भन्दै साँघुरा सडक, सहायक लेनको अभावले पैदलयात्रीलाई हुने असुविधा तथा उनीहरूका लागि अपर्याप्त सुविधा हटाउनु अपरिहार्य रहेको बताइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्