महिला विश्वकप : थाइल्याण्डलाई पराजित गर्दै वेष्ट इण्डिजको जित



काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा थाइल्याण्डलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले विजयी सरुवात गरेको छ।

अस्ट्रेलियाको पर्थ रगंशालामा आज भएको पहिलो खेलमा थाइल्याण्डलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले जित हात पारेको हो।

Image may contain: one or more people, people playing sports and outdoor

पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७८ रन बनाएको थियो । थाइल्याण्डले दिएको ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले
१६ ओभर ४ बलमा ३ विकेटको क्षेतीमा भेटायो। यसैबीच आजै हुने दोस्रो खेल ४: ४५ बजे न्युजिल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्