सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरामा जोडर चल्यो



काठमाडौं : सरकारी जग्गा खाली गर्न दिएको १५ दिने अल्टिमेटम सकिएलगत्तै काठमाडौं महानगरपालिका–३१ तीनकुनेस्थित जागृतिनगरमा सरकारी जग्गा अतिक्रमण गरेको बनाइएका घर टहरामा आज (शनिबार) जोडर चलाइएको छ ।

६ रोपनी २ आना सरकारी जग्गामा बनाइएको घर टहरा प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले डोजर चलाएको हो ।

सरकारी जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेपनि अटेर गरेकाले डोजर चलाएर टहरा भत्काउनु परेको उनले बताए ।

यता टहरामा बसेकाहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको बताएका छन् । उनीहरुले १५ दिनको साटो ३५ दिनको सूचना दिनुपर्नेमा नदिएर जोडर लगाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्