घरेलु टोली थाइल्यान्डसँग नेपाल पराजित



काठमाडौं : थाइल्याण्डमा जारी महिला टि-ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल ७० रनले पराजित भएको छ । १ सय २२ रनको लक्ष्य पक्ष्याएको नेपाल १७.२ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा समेटिदै उपविजेतामा बनेको छ । 

 

नेपालका लागि नेरी थापाले सर्वाधिक १७ रन जोड्न सकिन । नेपालका अन्य सिता राना मगर १३,सरिता मगर ५, रोमा थापा २,कप्तान रुविना क्षेत्री(वेलवासे) ५ र करुणा भण्डारी ४ रनमा आउट भए । थाइल्यान्डका सुल्ली पोरन लोमीले सर्वाधिम ३ विकेट लिदा तिप्पोचले २ विकेट लिइन् ।

 

त्यस अघि तेर्थई क्रिकेट मैदान टस हारेर ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो ।

 

ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका लागि १७ ओभर भित्र ९४ रनको साझेदारी गरेपछि थाइल्यान्डले बलियो योगफल तयार पारेको हो उत्कृष्ट अर्धशतक प्रहार गरेकी चान्थमले ६७ बलमा ४ चौका प्रहार गर्दै ६९ रनमा नट आउट रहिन् ।

 

त्यस्तै चवाईले ४२ बलमा २७ रन जोडिन् । चानिदा सुथिरन्गु १९ रनमा नट आउट रहिन् । नेपालले ७ जना बलर प्रयोग गरेपनि कुनैपनि बलरले विकेट लिन सकेनन् । एक मात्र विकेट रन आउटको रुपमा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्