सताक्षी गोल्डकपको उपाधि मछिन्द्रको पोल्टामा



काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो।

मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको थ्री स्टारले ३ लाख प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्