किन लाग्छ रुघाखोकी ? कसलाई बढी जोखिम ?



काठमाडाै‌ं: सामान्यतया चिसोको कारण जाडो मौसममा रुघाखोकी लाग्छ। यसर्थ, यसलाई मानिसले सामान्य स्वास्थ्य समस्याकै रुपमा लिने गर्छन्। तर, यसलाई हेलचेक्रयाइँ गर्दा गम्भीर स्वास्थ्य समस्या पनि निम्तिने गर्छ।

रुघाखोकी नै संसारमा सबैभन्दा बढी हुने संक्रमण हो।  अनगिन्ती भाइसरमध्ये एक राइनो भाइरसको संक्रमणबाट रुघा लाग्ने गर्छ। धुलो, धुवाँ, प्रदूषण, बललिँदो मौसममा विभिन्न एलर्जी हुन्छ।

चिसोबाट एकाएक गर्मी सुरु हुँदा वा गर्मीबाट एक्कासी चिसो मौसम आएमा यस्ता भाइरस बढी सक्रिय हुन्छन्। जसका कारण मानिसलाई यसले आक्रान्त बनाउँछ। शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा वा एलजीको संवेदनशील मानिसलाई बारम्बार रुघाखोकीले सताइरहन्छ। उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, केटाकेटी, तथा बुढाबुढी रुघाखोकीको जोखिममा हुने खबर नयाँ पत्रिकामा छ।

प्रतिक्रिया दिनुहोस्