‘बी’ डिभिजन लिग : खुमलटारको विजयी सुरुवात



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई १–० गोल अन्तरले पराजित गर्दै खुमलटारले विजयी सुरुवात गरेको हो।

खुमलटारको जितमा महेश राईले निर्णायक गोल गरे । जितसँगै खुमलटारले ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्