कसले नपिउने ग्रिन टी ?



काठमाडौं: ग्रिन टी पिउनु स्वस्थकर हुन्छ । यो सबैले बुझेकै विषय हो । यद्यपि, कतिपयका लागि भने ग्रिन टीको प्रयोग हानिकारक हुन सक्छ । तसर्थ, अवस्था हेरेर मात्र पिउन आवश्यक छ ।

कसले नपिउने

– न्यून रक्तचाप भएका मानिसले खाली पेटमा ग्रिन टी पिउनु हुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिन्छ ।

– महिनावारी भएको तीन दिनसम्म ग्रिन टी नखाँदा राम्रो ।

– गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नु हँदैन । यसबीचको अवधिमा दिनमा दुई कपसम्म पिउन सकिन्छ ।

– लस्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।

– किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नु हुँदैन ।

– हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।

– रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।

यसका फाइदा

– खराब कोलेस्ट्रोल, ट्रेग्लिसेक्राइट्स, युरिक एसिड, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ ।

– रक्तकोषिका स्वस्थ राख्नुका साथै हृदयाघात र मस्तिष्कघातको सम्भावनालाई कम गर्छ ।

– लरगतमा भएका अनावश्यक ग्लुकोजको मात्रा घटाउँछ । अम्लीयपन घटाएर प्यानक्रियाजलाई स्वस्थ राख्नुका साथै मधुमेह पनि नियन्त्रण गर्छ ।

– ग्रिन टीले रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।

– यसले विभिन्न अंगमा हुने क्यान्सरको सम्भावनालाई पनि घटाउँछ ।

– पेटसम्बन्धी सम्पूर्ण रोग निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

– मोटोपना, पार्किन्सन, आर्थराइटिस, रुमाइटिज्म, बाथजस्ता समस्यालाई पनि धेरै हदसम्म नियन्त्रण गर्छ ।

–  ग्रिन टीको मद्दतले स्मरणशक्ति पनि सशक्त हुने गर्छ । त्यस्तै आँखा, छाला, रक्तकोषिकाको संरक्षण गर्नमा पनि यसले भूमिका खेल्छ ।

– कलेजो, फोक्सो, मिर्गौला, मुटु, दा“त, गिजा, हड्डी संरक्षणमा पनि ग्रिन टीको ठूलो भूमिका हुन्छ ।

– यसले धूम्रपान, मद्यपान, लागुपदार्थ, रासायनिक पदार्थ, धातुको असरलाई कम गर्न एन्टिबायोटिक औषधिकै काम गर्छ ।

– ग्रिन टीले मृत रक्तकोषिका, फ्री ¥याडिकल्सलगायतका विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।

कति पिउने ?

स्वस्थ मानिसले दिनको तीन कपसम्म ग्रिन टी पिउँदा हुन्छ । त्यसैले, स्वास्थ्य अवस्था हेरी दिनमा ४ देखि ६ कपसम्म ग्रिन टी पिउन सकिन्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्