कोरोनाको जोखिम मोलेरै नेपाली क्रिकेट टोली थाइल्यान्ड जाँदै



काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् ।

नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ भने नेपालले अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले समेत १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ । तर संसारभर फैलिरहेको कोरोनाभाइरसले गर्दा खेलाडीहरुमा त्रास थपिएको छ। प्रतियोगितामा सहभागी देशमा कोरोनाभाइरस संक्रमित संख्या पछिल्लो समय बढिरहेको छ।

आयोजक थाइल्यान्ड सहित सिंगपुर, मलेसिया, हङकङमा पनि कोरोनाभाइरहसको संक्रमन भेटियको छ। यो अवस्थामा नेपाली टिम कोरोनाको जोखिम मोलेरै थाइल्यान्ड जाने निश्चित भएको छ।

क्रिकेट टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल

प्रतिक्रिया दिनुहोस्