चेपाङलाई न्यानो कपडा वितरण



मुग्लिन : इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा(सिलिपिङ ब्याग) वितरण गरिएको छ। नेपाल चेपाङ संघ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो।  

नेपाल आदिवासी महासङ्घका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरीब चेपाङलाई सहयोगका लागि छनोट गरिएको बताए।  कठ्याङ्ग्रिदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकामा वडाध्यक्ष पञ्चबहादुर चेपाङले सहयोगीलाई धन्यावाद दिए।

प्राय चेपाङ दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी शिक्षक पदम चेपाङले बताए। जाडोमा न्यानो कपडा(सिलिपिङ ब्याग) पाएपछि खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई चेपाङ समुदायले धन्यावाद दिएका छन् ।  ब्याग वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष सोनाम लामा, नेपाल चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ, नेपाल जिरेल सङ्घका अध्यक्ष युवराज जिरेल, र जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्