सन्दीपले एसिया–११ बाट खेल्ने



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ बाट खेल्ने भएका छन् । बंगलादेशमा आयोजना हुने टी–ट्वान्टी सिरिजका लागि एसिया–११ को टिम सार्वजनिक भएको छ ।

बंगलादेश क्रिकेट बोर्डले आज सार्वजनिक गरेको टिममा नेपालका सन्दीप परेका हुन्।
विश्व–११ विरुद्ध हुने खेलका लागि एसिया–११ ले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

एसिया–११ को टिममा भारतीय खेलाडीको बाहुल्यता रहेको छ । टिममा पर्ने सन्दीप नेपाल तथा एसोसियटको एकल खेलाडी हुन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर–ए बंगला रंगशालामा हुनेछ ‌।

एसिया–११ का टोली

केएल राहुल, शिखर धवन, विराट कोहली, तमीम इक्बाल, लिटन दास, ऋषभ पन्त, मुस्फिकुर रहीम, थिसारा परेरा, राशीद खान, मुस्ताफिजुर रहमान, सन्दीप लामिछाने, लासिथ मालिंगा, मोहमद शामी, कुलदीप यादव, मुजिब उर रहमान

Image
प्रतिक्रिया दिनुहोस्