मिथिला माध्यमिकि परिक्रमामा सहभागी एक साधुको मृत्यु



जनकपुरधाम : मिथिलाको महाकुंभ मानिने १५ दिने मिथिला माध्यमिकि परिक्रमाको तेस्रो दिन मंगलबार बिहान एक साधुको मृत्यु भएको छ ।

डोलासँगै १५ दिने परिक्रमामा सहभागी रहेका धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी बस्ने साधु निर्धन यादवको बिहान करिब ४ बजे भारतको बिहार प्रान्तस्थित मधुवनी जिल्लाको कल्याणेश्वरमा मृत्यु भएको हो ।

डोलाका सदस्य समेत रहेका साधु यादवको मृत्युको कारण भने खुल्न सकेको छैन् । यद्यपी उनी आज बिहान आगो सल्काएर बसेको र केहिबेरमै आगो ताप्ने क्रममा अचानक ढलेको परिक्रमामा सहभागीहरुले बताए ।

मृतक यादवको शव दाहसंस्कारका लागि परिवारजनले कल्याणेश्वरबाट कचुरी ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्