१ हजार बिघा जग्गा फिर्ता ल्याउन निर्देशन



काठमाडाैं : राष्ट्रिय सतर्कता केन्द्रले भूमाफियाले कब्जा गरेको दाङको तुल्सीपुर उपमहानगरपालिका-१६ ग्वारखोला पुलको उत्तर-दक्षिण फैलिएको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा फिर्ता ल्याउन दाङको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

नेपाल सरकारको प्रस्तावित औद्योगिक क्षेत्रमा वर्षात् भण्डारी र जगतराम चौधरी लगायतका व्यक्तिले सरकारी जग्गा अतिक्रमण गरेको भन्दै उजुरी परेपछि केन्द्रले उत्तर दक्षिण स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक
गरेको छ ।

सो प्रतिवेदनमा राप्ती बबई क्याम्पस हुँदै ग्वारखोला पक्की पुल, साइपुर बेलझुण्डीअन्तर्गत पुल उत्तर दक्षिणतर्फ रहेको करिब एक हजार बिघा जग्गा नियमविपरीत कब्जा गरी बेचबिखन भएको प्रतिबेदनमा उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्